Wednesday, January 15, 2025
राजनीतिचुनावमा साँठगाँठ गर्न एमाले अध्यक्ष ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निबास पुग्छन

चुनावमा साँठगाँठ गर्न एमाले अध्यक्ष ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निबास पुग्छन

काठमाडौं ११ चैत ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा साँठगाँठ गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पुर्व प्रधानमन्त्री समेत रहेका ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओली दक्षिणपन्थी शक्ति भएकाले उनी दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्ने गरेको अर्को आरोप लगाएका उनले भने , राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् ।’

ओलीलाई दक्षिणपन्थी भनेर आरोप लगाएका नेपाल आफु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको जिकिर गरेका छन् । आफ्नो शक्तिमा भरोसा गर्न आग्रह गरेका नेपालले सम्बोधनमा आफ्नो शक्तिमाथि भरोसा गरेर, संगठन निर्माण गर्न आग्रह गरेका छन् ।

आगामी चुनावमा गठवन्धन गरेर जाने विषयमा भने कांग्रेसको आज बस्ने केन्द्रिय कार्यसमितिको बैठकले निणर्य गर्ने पनि जानकारी गराएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img