सुनसरी /अन्तरपालिका स्तरिय अध्यक्ष कप २०७८ को उपाधि लेटाङले नगरपालिकाले नगद १ लाख जितेको छ । उपबिजेता बेलबारीले नगद ६० हजार रुपैया प्राप्त गरेको छ । प्रथम तथा दोश्रो हुने टिमले ट्रफी, प्रमाणपत्र , मेडल प्राप्त गरेका छन् ।
कानेपोखरी-५ जहदा खेल मैदानमा कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको फाईनल खेलमा २-० गोल अन्तरले बेलबारी लाई पराजित गर्दै लेटाङ विजयी भएको हो ।
खेलको दोश्रो हाफको १५ औ मिनेटमा लेटाङका जर्सी नम्बर ८ का अनुप मगरले पहिलो गोल गर्दै लेटाङलाई १ -० को अग्रता दिलाएका थिए । ३० औ मिनेटमा लेटाङका सागर वि.कले अर्को गोल थप्दै लेटाङलाई २-० को अग्रता दिलाए थिय ।
खेलको बेस्ट कोच लेटाङका ईन्द्र राई भए भने बेस्ट किपर बेलबारीका सन्तोस दनुवार भए । बेस्ट डिफेन्स लेटाङका राजु मगर भएका छन् । बेस्ट मिड फिल्ड बेलबारीका भक्त भन्डारी भए । बेस्ट फरवार्ड लेटाङका सागर वि.क भएका छन् ।
हाई स्कोरर लेटाङका आयुस लिम्बू र अनुप मगर भए । उनिहरुले नगद ३ हजार प्राप्त गरेका थिए छन् । म्यान अफ द सिरिज बेलबारीका पारस खत्री भएका थिय भने उनले नगद ५ हजार प्राप्त गरेका छन् ।



