Saturday, May 24, 2025
देशकोशी प्रदेशखेलकुद बोर्डका सदस्य सचिव बर्खास्त, योजना आयोगको उपाध्यक्षमा लक्सम
spot_img

खेलकुद बोर्डका सदस्य सचिव बर्खास्त, योजना आयोगको उपाध्यक्षमा लक्सम

spot_img

सुनसरी / प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ । लक्सम शेरधन राई नेतृत्वको सरकारमा आयोगको सदस्य थिए ।

सरकारले आयोगको सदस्यमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । बैठकले प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)लाई पदमुक्त गरेको छ ।

सरकारले स्पष्टीकरण सोधेको दुई महिनापछि उनलाई पदमुक्त गरेको हो । मन्त्री घिमिरेले सदस्य सचिव बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि जिम्मेबारीबाट हटाएको जानकारी दिए ।

बस्नेत असोज २४ गते सदस्य सचिवमा नियुक्त भएका थिए । बैठकले प्रदेश १ प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको मन्त्री घिमिरेले जानकारी दिए । हिजो सोमबार बसेको बैठकले उपाध्यक्षमा नियुक्त गरेको प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img