सुनसरी / सुनसरीको इटहरी रंगशालामा जारी १२ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता भइरहेको छ ।
त्यस खेलका अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूरोड टिम (एनआरटी) विरुद्व ३-० ले पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
सगरमाथा युथ क्लबका लागि पहिलो हाफको तीन मिनेटमै आभाष लामिछानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका भिए भने दोस्रो हाफको २४ मिनेटमा प्रदीप लामाले थप एक गोल गरेका थिए ।
लगत्तै खेलको २८ मिनेटमा पुनः आभाषले नै गोल गर्दै सहज जीत निकालेका हुन् । खेल अवधिभर गोल गर्ने प्रयत्न गरेपनि एनआरटी असफल बन्दा सगरमाथाका लागि सहज जीत हात परेको हो । प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पाउने छन् ।
खेलको म्यान अफ द म्याच उनै आभाष हुँदै नगद १० हजार हात पारेका छन् । चैत २६ गतेसम्म हुने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमले सहभागी हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।



