- दिपेन्द्र लुइटेल, भोजपुर
जिल्ला सुरक्षा समिती भोजपुरले जिल्ला भरका १८ मतदान स्थललाई अति संबेदनसिल सुचिमा राखेको छ ।
जिल्लाभित्र ७ गाउँपालिका र २ नगरपालिका मा १ सय ६० मतदान स्थल तोकिएको छ । यहाका ८७ वटा मतदान स्थल मध्य ४६ वटा मतदान स्थललाई सामन्य २३ वटा मतदान स्थललाई संबेदनसिल र १८ वटा लाई अति संबेदनसिलमा वर्गीकरण गरिएको जिल्ला निर्बाचन कार्यलयले जनाएको छ । भौगोलिक बिकटता मतदान र मतदाता केन्द्रको दुरि र सुरक्षा पोष्ट पहुच सहितका बिभिन्न सुचकलाई आधार मानेर केन्द्र वर्गीकरण गरिएको छ ।
अति संबेदनसिल र संबेदनसिल सुचिमा परेका त्यसै अनुसारको सुरक्षा प्रबन्ध मिलाउने माथिल्लो निकाय सङ्ग सिफारिस गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए ।
निर्बाचन कार्यलयका अनुसार भोजपुर बाट १ लाख २५ हजार ७ सय मतादाता सहभागी हुदैछन । जसमध्ये ६० हजार ७ सय ४ महिला ६५ हजार २ सय पुरुष र १ तेस्रो लिङ्गी सहभागी हुँदै छन ।



