देशनिर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत...

निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हटाइए

हेटौडा | स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत परिवर्तन भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको हो ।

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकेको हो ।

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img