राजनीतिविप्लवलाई ओलीको यस्तो अफर !

विप्लवलाई ओलीको यस्तो अफर !

"सूर्य चिह्नबाट चुनाव लड्नुस्"

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा ओलीले विप्लवको दल दर्ता नभएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

“या त विप्लवजीहरूले चुनावमा भाग लिएर स्वतन्त्र रूपमा लाग्नुपर्छ । तपाईंका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै हुन्छन् । कार्यकर्ता तपाईंकै हुन्छन् । तर, सूर्य चिह्नबाट चुनाव लड्नुस् । जित्ने तरिका त्यो हो नि, आउनुस् न,” ओलीले भने ।

उनले षड्यन्त्रमा नलाग्न सुझाव दिँदै दल दर्ताको समय दिँदा किन दर्ता नगरेको भन्दै प्रश्न गरे । ओलीले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह समेत गरे ।

“तपाईंलाई नेपाली जनताले अलिक इमानदार रूपमा चिन्छन् । तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । तपाईंलाई इमानदार नेताको रूपमा बुझ्छन् । यद्यपि, तपाईंका नीतिसँग भन्नुपर्ने हुनसक्छ,” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img