अर्थ व्यापारसेयर बजार दोहोरो अंकको ओरालो

सेयर बजार दोहोरो अंकको ओरालो

Advertisement spot_img

काडमाडौं | सेयर बजार मंगलबार ३४ दशमलब ७९ अंकको ओरालो लागैसँगै २३८५ दशमलब ०१ अंकमा अएर बन्द भएको छ । घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ । यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ ।

यसरी बजार घट्दा कारोबार रकममा कमि आउनु भनेको लगानी कर्ता योभन्दा सस्तोमा सेयर बेच्न राजी नभएको बुझिन्छ । मंगलबार बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे ।

होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलब ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलब १ मा अन्तिम कारोबार भएको छ ।

नेश्डो लघुवितको सेयर मूल्य २०५७ पुगेको छ । विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्, शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन् ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com.np
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन्...
मकवानपुर: पेटको आन्द्राभित्र फुटेको ट्युमरको जटिल शल्यक्रिया हेटौंडामा सफल भएको छ ।अस्पताल स्रोतका अनुसार मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ निवासी ४९ वर्षका...
हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताएका छन् ।शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा र...