देशकोशी प्रदेशनयाँ वर्षमा धनकुटाको भेडेटार पर्यटकको भरिभराउ

नयाँ वर्षमा धनकुटाको भेडेटार पर्यटकको भरिभराउ

सुनसरी | नयाँ वर्ष २०७९ साल मनाउन अर्थात घुम्न धनकुटाको पर्यटन स्थान भेडेटारमा पर्यटकको चहलपहल धेरै देखिएको छ । २ वर्ष जति कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रमा यस वर्ष भने पर्यटक फेरि आउन थालिएको छ ।

गर्मी मौसम सुरु भएसँगै यस क्षेत्रमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भिड देखिएको थियोे । भेडेटारमा गर्मी छल्न भनि प्रदेश न. १ का विभिन्न जिल्लाबाट हजारौं पर्यटक आएका आउने गरेका छन् ।

नयाँ वर्ष २०७९ को पहिलो दिन प्रदेश १ का विभिन्न जिल्लाका सुनसरी , मोरङ , झापा , खोटाङ , भोजपुर जस्ता प्रदेश नम्बर १ का विभिन्न पर्यटकीय क्षेत्र आन्तरिक पर्यटक आउने गर्दछन् ।

विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भएका हुन् । नयाँ वर्षको पहिलोदिन धनकुटाको भेडेटार, नाम्चे खचाखच बनेको स्थानीयबासिन्दाले बताए ।

दुई दिनदेखि प्रदेश १ कै प्रमुख पर्यटकीयस्थल भेडेटारमा सञ्चालित होटेल भरिभराउ रहेको सानादेखि स्तरीय सबै होटेल दुई दिनयता भरिभराउ रहेको थिय । भेडेटार बजारदेखि आधा घण्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरना, नाम्जेमा पनि उत्तिकै पर्यटक आउने जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img