वासिङटन । चार अर्ब वर्ष भन्दा धेरै पुरानो एउटा लामपुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको छ । कम्तीमा ८० माइल चौडा अर्थात रोह्डे टापुभन्दा दोब्बर आकारको यो तारा अहिले २२ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ ।
यो अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठूलो लामपुच्छ्रे तारा हो । यो सौर्य प्रणालीको किनारको भित्री भागबाट दौड लगाउँदै छ ।
शौभाग्यवश हामीले यसबाट पृथ्वीमा कुनै नराम्रो असर पार्लान् भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन । खगोलशास्त्रीहरूका अनुसार यो कहिल्यै पनि सूर्यदेखि एक अर्ब माइल भन्दा बढी नजिक आइपर्ने छैन । यो दुरी भनेको पृथ्वी र शनि ग्रहबीचको दुरी भन्दा अलि बढी हुन्छ ।
यो तारा सन् २०३१ को कुनै समय पृथ्वीको नजिक आउने अपेक्षा गरिएको छ । त्यसको अर्थ यस ब्रम्हाण्डीय वस्तुलाई लिएर चिन्तित हुन पनि हामीसँग अझै केही वर्ष बाँकी नै रहेको छ । वास्तवमा कुनै लामपुच्छ्रे तारा वा आकासीय पिण्ड हाम्रो दिशामा नजिकिने घटना सदैव रोमान्चक रहँदै आएको छ ।
Global bank
युक्लास्थित ग्रह विज्ञान तथा खगोल शास्त्रका प्राध्यापक डेबिड जेबिटले वर्षौंअघि यो तारा सौर्य प्रणालीबाट उछिट्टिएको बताएका छन् । उनले वर्षौंसम्म यो हाम्रो सौर्य प्रणाली वरपर थुप्रै लामपुच्छ्रे तारा घुमिरहेने ‘ओेर्ट बादल’मा बसेको पनि बताएका छन् ।
त्यसपछि अन्य ताराहरूले जस्तै यस प्राचीन ताराले पनि अरबौँ माइल गहिरो अन्तरीक्षको सौर्य प्रणाली घुम्न थालेको बताइएको छ ।
बीजीआरबाट ।