भोजपुर नगरपालिका १२ टक्सार मोहोरियामा करेन्ट लागेर २५ बर्षिय युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका ७ आरिखोला घर भै मोरिया बस्ने २५ बर्षिय गणेश थापा लाई आज बिहान पौने ७ बजे काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलिको नाङ्गो तारमा रुखको रुखको हागा झरी करेन्ट लाग्दा हुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय भोजपुर बाट प्रहरी टोलो खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।



