देशहेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न पुगेका खोटाङ कांग्रेसका मेयर उम्मेदवार लेखेटिए
spot_img

हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न पुगेका खोटाङ कांग्रेसका मेयर उम्मेदवार लेखेटिए

काठमाडौ । हेलिकोप्टरमा मनोनयन दर्ता गर्न पुगेका खोटाङ कांग्रेसले मेयर उम्मेदवारको टिकट दिएका नेता धर्मराज पोखरेल लखेटिएका छन् ।दिक्तेल हेलिप्याडमा हेलिकोप्टर अवतरण गर्नासाथ कार्यकर्ताहरुले उनलाई लेखेटेका थिए ।

वडा, नगर, जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरेका पार्टी उपसभापति तीर्थराज भट्टराईलाई टिकट नदिएर उनले काठमाडौबाट नै मेयरको टिकट लिएर पुगेका थिए ।त्यसपछि खोटाङ कांग्रेसका नेता कार्यकर्ताले आन्दोलन सुरु गरे । पार्टी कार्यालयमा ताला लगाएर

आन्दोलन थालेपछि पार्टी सभापति शेरबहादुर देउवाले धर्मराजको टिकट खोसेर फेरी तीर्थराज भट्टराईलाई टिकट दिए ।धर्मराजले प्रदेश समितिले दिएको टिकट बोकेर मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक अवतरण भए ।

यता तीर्थराज भट्टराई पार्टी सभापतिले हस्ताक्षर गरेको टिकट प्रिन्ट गर्दै थिए ।पहिले नै धर्मराजले मनोनयन दर्ता गराउने अवस्था आएपछि कार्यकर्ता लगाएर उनलाई लखेटिएको छ ।हेलिप्याडबाट प्रहरीको संरक्षणमा उनलाई भगाईएको छ । त्यसपछि धर्मराज र

तीर्थराजका समूहबीच झडप हुने संकेत देखिएको छ ।त्यहाँ अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । धर्मराज खोटाङबाट नेपाली कांग्रेस महासमिति सदस्य हुन् । उनी लोक दोहोरीमा चर्चित कलाकार समेत हुन् ।उनले जसरीपनि उम्मेदवारी दर्ता गराउने अडान लिएका छन् ।

कांग्रेसबाटै उम्मेदवारी दर्ता गर्न कोसिस गर्ने, सम्भव नभए वागी उम्मेदवारको रुपमा भएपनि उम्मेदवारी दर्ता गराउँनका लागि तयारी गरेका छन् । उनलाई कांग्रेसका कयौँ नेता कार्यकर्ताको साथ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img