दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरमा एमाले सङ्ग तालमेल गरेका तिनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रबाट निष्कासन गरेका छ ।
निष्कासन हुनेमा भोजपुर नगरपालिका ११ का महनसेन राई षडानन्द नगरपालिकाका ९ का सेखर तामाङ र षडानन्द १३ का ओमकुमार श्रेष्ठ रहेक छन ।
माओवादी केन्द्र जिल्ला समन्वय समिती भोजपुरले एमाले सङ्ग तालमेल गरेका नेतालाइ पाटिको साधारण सदस्यबाट समेत निष्कासन गरेको हो । पाटिको नीति निर्णय र निर्देशन बिपरित अनुसासन उल्घन गर्दै बाहिरी दलको चुनाव चिन्ह लिई मनोनयन दर्ता गरेको हुदा निष्कासन गरेको हो ।