काठमाडौं । गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक स्टाटस सेयर गरिन् । उक्त स्टाटस सेयर गरेको केही बेरमै सामाजिक संजालमा भाइरल बन्यो ।
पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट समिक्षाको स्टाटसलाई विभिन्न तरिकाले विश्लेषण समेत गरियो । केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत हेरे ।
उनले भावुक फोटोसहित
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ भन्दै सेयर गरेकी थिइन् ।
अहिले भने सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।
यो पनि : जब अनमोल यामाहाको ‘महा एक्सचेन्ज मेला’ उद्घाटन गर्न पुगे : बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको यामाहाको २०७९ “महा एक्सेन्ज मेला” मा बिहिबार भिडभाड देखियो ।
विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहको मेलाका आर्कषण थिए चर्चित अभिनेता अनमोल केसी । ‘महा एक्सचेन्ज मेला’को उद्घाटन अभिनेता अनमोल केसीले नै गरेका हुन् ।
मेला वैशाख २२ गतेसम्म जारी रहने नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।
नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिनेछ ।



