सुनसरी / इलाम नगरपालिका-८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।
बिगत ३ दिन देखि बेपत्ता स्थानीय अन्दाजी ३१ बर्षीय विनिता काफ्लेको शव गाडेको अवस्थामा आज फेला परेको हो। खनेको ठाउँ देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले शव माटोले छोपिएको र केही चोटपटक लागेकाे देखिएको बताए।
‘हामीले पुरिएको शव निकालेका छौँ हत्या भएको शंका छ, अनुसन्धानबाट पुष्टि हुन्छ’ एसपी श्रेष्ठले भनेका छन् । निजको पतिको २ बर्ष अघि मात्र विदेशमा मृत्यु भएको थियो। मृतकको ४ वर्षीय एक छोरी रहेको स्थानीयले जानकारी दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय इलामले जनाएको छ ।



