हेटौडा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप क्याप्सुल निलेझै निलेको आरोप लगाएका छन् ।
‘वर्तमान सरकार विकास–विकास भनिरहेको छ, के को विकास हुनु विकास त उही, २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्टै निले’ उनले भने । मे दिवास २०७९ को अबसरमा मकवानपुर आएका ओलीले सम्बोधन गर्दै उनले कमिसन चाहिएर वर्तमान सरकारले निर्वाचनको बेलामा अर्बौं रकम पर्ने औषधी उपकरण खरिद गर्न लागेको समेत आरोप लगाए ।
उनले चुनावका बेला खरिद बिक्री रोक्न चेतावनी समेत दिए ‘कुन अस्पताललाई सिटीस्क्यान मेसिन चाहियो ? कुन अस्पताललाई के चाहियो त्यो त अघिल्यै सरकारले ल्याइसकेको छ’, ओलीले भने ।
सातवटा मन्त्रालय भएपुग्ने ठाउँमा १८ वटा बनाए र यो सरकार चुनाव गराउन पनि चाहाँदैनथ्यो । उनले भने । ओलीले गठबन्धनको चुनावी घोषणापत्रको समेत आलोचना गरे ।गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मिएको उनको आरोप छ ।
देश भरीका पर्तिक्रियाबादीहरु, जनविरोधीहरु, रास्ट्रघातीहरु, भ्रष्टाचारीहरु मोर्चा कसेर आएपनि एकै चोटी सोतरगराईदिने ओलीको भनाई थियो ।



