देशकोशी प्रदेशनेपाल बंगलादेश बैंक तथा नेपालीरिका हाेटल बिच छुट गर्ने सम्बन्धि...

नेपाल बंगलादेश बैंक तथा नेपालीरिका हाेटल बिच छुट गर्ने सम्बन्धि समझदारी

सुनसरी / नेपाल बंगलादेश बैंक तथा नेपालीरिका होटल प्रा.लि. बिच विद्युतिय प्रणाली प्रयोग गर्ने भुक्तानी कर्तालाई विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ ।

नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने गत बैशाख १४ गते समझदारी भएको छ ।

यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ ।

समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी रु ९९,९९९ मा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुुरेन्टहरुमा १० प्रतिशतकाे छुट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटल प्रा.लि.ले हाल मोरङ्ग जिल्लाकोे सुन्दरहरैंचा नगरपालीकाको विराटचोक र झापा जिल्लाको दमक नगरपालीकामा थ्रि-स्टार स्टाण्डर्डका होटलहरू सञ्चालनमा ल्याइसकेको छ ।

त्यसैगरी, थप गन्तव्यहरुमा नयाँ होटलहरू निर्माणको प्रकृयामा रहेको जनाइएकाे छ । नेपालीरिका होटल तथा नेपाल बंगलादेश बैंक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

साथै विद्युतीय भुक्तानीको प्रवर्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएका छन् । “सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २८ अाै वर्ष पुरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ११ विस्तारित सेवा केन्द्र तथा ८७ वटा एटीएमबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img