फिचरकांग्रेसका बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर...

कांग्रेसका बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार ध’म्की आउथ्यो, आज झु’न्डिएको अवस्थामा मृ’त फेला परे

काठमाडौं ।कांग्रेसका बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार ध’म्की आएको उनकी श्रीमती को भनाईछ । आज झु’न्डिएको अवस्थामा मृ’त फेला परे छन् ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झु’न्डिएको अवस्थामा मृ’त फेला परेका छन् ।

नेपाली कांग्रेसबाट टिकट नदिएपछि बागी उठेका पौडेल आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घर नजिकैको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेको बताए । उनले मृतक पौडेलले आ’त्मह’त्या गरेको हुन सक्ने दाबी गरे ।

यता मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् ।

नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिश कार्कीका खास मान्छे विनोद भुजेलले उम्मेदवारी फिर्ता लिन बारम्बार ध’म्की दिने गरेको मृ’तक पौडेलको परिवारका सदस्यहरुको बताउँछन् । मेगा बैंक इनरुवाको सेक्युरिटी गार्डको काम गर्ने भुजेलले बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार ध’म्की दिने गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

भुजेलको लेमन होटलमा आउने भारतीय समूहसँग साँठगाँठ रहेको र पौडेललाई अपहरण गरी भारत पुर्याएर छाडिएको मृतकका परिवारका सदस्यहरु बताउँछन् ।

‘बैशाख २१ गते एकछिन इनरुवा जान्छु भनेर हिँडेको र भोलिपल्टसम्म नआएपछि अप’हरणमा परेको भन्दै प्रहरीमा रिपोर्ट गरेका हौं । अप’हरण गरेर भारत पु’र्‍याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झुम्काबट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो । प्रहरीले के बयान लियो थाहा छैन ।’, मृ’तककी श्रीमती पौडेलले भनिन् । बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै भुजेललगायतको नाम लिएको परिवारको भनाइ छ । प्रहरीले पनि यातना दिएको उनीहरूको आरोप छ ।

यता सुनसरी प्रहरी प्रमुख थापा भने परिवारले गरेको रिपोर्टका आधारमा पौडेललाई बोलाएको सोधपुछ गरेको दाबी गर्छन् । ‘परिवारले अप’हरणका परेको भनेर निवेदन दिएपछि बोलाएर सोधपुछ गरेर छाडिएको हो । अरु केही भएको छैन ।’, उनले भने ।

भुजेलले काम गर्ने ठाउँमा लेमन होटल रहेको र उक्त होटलमा आउने भारतीयमुलका आपराधिक व्यक्तिहरूसँग मिलेर भुजेल र वडाध्यक्षका उम्मेदवारका केटाहरू मिलेर अप’हरण गरेको परिवारका सदस्यहरूको आरोप छ । यो विषय प्रहरीसँगको मिलेमतोमा सुनसरीका कांग्रेस नेताहरूले ढाकछोप गर्न खोजिरहेको परिवारका सदस्यहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img