मकवानपुर | मकवानपुरगढी गाउपालिका वाड नम्बर ६ को अध्क्षयमा एमालेका उमेदवार टिका प्रसाद दाहाललाई गाउँपालिकाको बजेटमा एक घर एक टनेल कार्यक्रम अन्तरगत आएको टनेल प्लास्टिक चुनावी मैदानमा गठबन्धन सँग हार्ने अवस्था देखिएपछि रातीराती वितरण गरेको र सुर्यमा मत माग्न युवाहरुलाई परिचालन गरेको आरोप लागेको थियो ।
एक कृषि फर्मले स्पष्ट संग लेखेर लिएर हिडेको एक पोका टनेल प्यास्टिक, एक बोरा चामल र घरमा खाने दुई तिन केजी तरकारी आफ्नै घर लगेर जादा अन्य पार्टीका कार्याकर्ताले रोकेर रातीराती टनेल प्यास्टिक वितरण गरेको भनेर भ्रम फैलाईयो वाड अध्क्षय उमेदवार टिका प्रसाद दाहालको भनाई छ ।
निर्वाचन प्रभाब पार्ने समाचार नलेख्ने स्थानीय संचारमाध्यम लाई सत्य, तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्ने पनि उहाको आग्रह छ । दाहाल यस अघि पनि एमालेबाट निर्वाचित वडा अध्यक्ष थिए ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा टनेलमा प्रयोग हुने प्लास्टिक र रात्रिकालीन भोजको लागि लगिएको भन्दै सामाग्री स्थानीय युवाहरुले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् ।



