सुनसरी / इटहरी उपमहानगरपालिकाका २० वटा वडामा २५ ठाउँमा मतदान भइरहेको छ । इटहरी उपमहानगरपालिकाका २५ वटै मतदान केन्द्रमा आज बिहान ७ बजेबाटै मतदान जारी भइरहेको छ ।
इटहरी ४ को इटहरी उपमहानगरपालिका कार्यलय परिसर , इटहरी २ को महेन्द्र माध्यमिक विद्यालय र शान्तिनगर आधारभूत विद्यालयमा मतदान भइरहेको छ । इटहरी वडा नम्बर २ लगायतका ठाउँमा मतदान केन्द्र मतदानहरू छाता ओडेर भएपनि लाइनमा बसेर मतदान भइरहेको छ ।
इटहरी वडा नम्बर ५ को सानो जनता माध्यामिक विद्यालय, वडा नम्बर ९ को ठूलो जनता माध्यामिक विद्यालय, वडा नम्बर ५ को ज्योति माध्यामिक विद्यालय लगायतका मतदान केन्द्रमा गरि २० वटै वडाका २५ ठाउँ बिहानैबाट मतदाताहरु लाइनमा मतदान भइरहेको छ ।
आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रदेश १ मा पाँच हजार चार सय ४८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदेश १ का १४ वटै जिल्लामा सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । सुनसरीमा सात सय २८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ भने २ हजार ६५ जना म्यादी प्रहरी खटाइँएको छ ।



