निर्वाचनसकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेकाले मतदान गर्न पाउने

सकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेकाले मतदान गर्न पाउने

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो।

यद्यपि, ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका सबै मतदाताले मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ।वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका छन्। यस्तै, केही स्थानमा झडपका कारण पनि मतदान कार्य रोकिएको थियो। विभिन्न कार्यले मतदान रोकिएको स्थानमा मतदान जारी छ।

आज बिहान ७ बजेदेखि भएको मतदानमा दिउँसो ४ बजेसम्म समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचन आयोगले मुलुकभरका अधिकांश मतदान केन्द्रमा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी प्राप्त गरेको हो ।

अझै मतदानको निम्ति तोएिको समय आधा घण्टा बाँकी छ । अपरान्ह ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसेकका मतदाताले मतदा गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img