निर्वाचनचर्चित माहानगर: काठमाडौंमा बालेन र भरतपुरमा रेणुको अग्राता

चर्चित माहानगर: काठमाडौंमा बालेन र भरतपुरमा रेणुको अग्राता

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर भरतपुर माहानगर र काठमाडौं माहानगर अहिले अहिले निकै चर्चामा छ ।

भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् भने काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निकटतम प्रतिस्पर्धि एमालेका केशव स्थापितभन्दा ५ सय ९० मतको अग्रता लिएका छन्।

भरतपुर महानगरपालिका
२ हजार ९६८ मत गणना हुँदा रेनुले ११०५ मत पाएकी छन्। उनलाई नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीले १००७ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले अग्रता लिएकी छन्। अधिकारीले १२२६ मत प्राप्त गरेकी छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ८३० मतका साथ पछ्याइरहेकी छन्।

काठमाडौं महानगरपालिका
४ हजार ४ सय ४४ मतगणना हुँदा बालेनले १ हजार ५ सय ७५ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन्। राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन्। अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img