राशिफलजेठ १ गते देखी ७ गतेसम्म निकै राम्रो छ यी राशिको भाग्य...

जेठ १ गते देखी ७ गतेसम्म निकै राम्रो छ यी राशिको भाग्य हेर्नुस साप्ताहिक राशिफल

काठमाडौं: ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ साप्ताहिक फलादेश

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
व्यापार बढे पनि लाभांश खर्च हुनेछ। समस्या सुल्झाउन निस्कँदा अरू व्यवधान आउन सक्छन्। बलभन्दा बुद्धिको उपयोगले फाइदा लिन सकिनेछ। असम्भव काममा समेत युक्तिले सफलता दिलाउन सक्छ। बुधवारपछि स्थिति अनुकूल बन्नाले केही अवसर प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। सप्ताहान्तमा शत्रुपक्षलाई हराउन सकिनेछ। लगनशीलताले धेरै काम सम्पादन हुनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुहोला, दिगो योजना पूर्ण हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
पहिलेकाे उपलब्धि प्राप्त भए पनि जाेगाउन मुस्किल पर्नेछ। ईर्ष्या गर्नेहरूले बिनाकारण दुःख दिनेछन्। तापनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ र व्यापारमा फाइदा हुनेछ। आफन्त र साथीभाइ सहयाेगमा जुट्नेछन्। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। यात्राकाे साइत पनि जुर्न सक्छ। बुधवारपछि स्वास्थ्य केही कमजाेर रहनेछ। तापनि मिहिनेतले
काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
साता फलदायी रहनेछ। पेसा–व्यवसायबाट मनग्य फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। शुभचिन्तकहरूकाे साथ–सहयाेगले दिगाे काम गर्न सकिनेछ। अवसरवादीहरूले आफ्ना कामबाट लाभ उठाउनेछन्, सावधान रहनुहोला। भेटघाटले मन आनन्दित हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। अवसरले पछ्याउनेछन्। रमाइलाे यात्रा हुनेछ। मनग्य अर्थलाभ हुनाले मालमत्ता जाेड्न सकिनेछ। सप्ताहान्तमा भने स्वास्थ्य समस्याले आलस्य बढ्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सुरुमा काम राेकिन सक्छ, उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। साेमवारदेखि स्थितिमा सुधार आउनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिस्पर्धीहरू सजिलै पराजित हुनेछन्। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। व्यापार–व्यवसायमा विशेष फाइदा हुनेछ। रमाइलाे यात्राकाे साइत जुर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
प्रारम्भमा केही उतारचढाव आए पनि समग्रमा साता उत्साहवर्द्धक रहनेछ। आयआर्जन बढ्नुका साथै दिगो काम गर्न सकिनेछ। तारिफयाेग्य काम गरेर अवसर हातपार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। तर साेमवार र मंगलवार केही अलमलमा बित्नेछ। तापनि, आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। विद्यार्थीहरूका लागि समय उत्साहवर्द्धक रहनेछ। मिहिनेत गर्दा अप्ठ्याराे परिस्थिति समेत सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रतिस्पर्धी परास्त हुनाले दिगाे काम सुरु गर्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। विपक्षीहरूबाट सजग रहनुपर्ला। शक्तिशाली व्यक्तिहरूको सहयोग जुट्नेछ। बुधवारपछि घरेलु समस्या र पुरानाे वादविवाद सुल्झाउन जुट्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा लिन सकिनेछ। असम्भव काममा समेत युक्तिले सफलता दिलाउन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। राेकिएका काम सप्ताहान्तमा बन्नेछन्। अध्ययनमा प्रगति हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
सुरुमा स्वास्थ्यबाधा हुनुका साथै काम राेकिने सम्भावना छ। असन्तुलित खानपानले पेटको समस्या आउन सक्छ। केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ। उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। कर्ममा जुट्नेहरूलाई बोलीको भरमा काम बन्न सक्छ। आयआर्जन बढ्नुका साथै दिगो काम गर्न सकिनेछ। तारिफयाेग्य काम गरेर अवसर हातपार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। सप्ताहान्तमा भने आफन्तको व्यवहारले काम बिग्रन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
प्रारम्भमा खर्चिलाे काम गर्नुपरे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर अरूको मात्र भर पर्नाले महत्त्वाकांक्षा पूरा नहुन सक्छ। बाेली–व्यवहारमा अलि सजग रहनुहाेला। अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम सम्पादन हुनेछन् र मनग्य धनलाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
सुरुमा कामकाे प्रतिफल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ र मनग्य आम्दानी हातलागी हुनेछ। साेमवारदेखि खर्चिलाे काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। तर शुभचिन्तकहरूकाे सहयाेगले अप्ठ्याराे काम समेत बन्नेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। उठ्नुपर्ने रकम प्राप्त हुनाले समस्या टर्नेछ। सप्ताहान्तमा एउटै काम दोहोर्याउनुपर्ला। आफ्नैबाट धाेका हुनेछ भने साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ। तापनि पारिवारिक भेटघाटले मनकाे बाेझ हलुका हुनेछ। बोली–व्यवहारमा सजग रहनुहाेला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
प्रारम्भमा घरायसी उल्झनले काम राेकिन सक्छ। काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। साेमवारदेखि स्थितिमा सुधार आउनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो काम प्रारम्भ हुनाले नियमित आम्दानी पनि बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बुधवारदेखि काम बिग्रनाले आर्थिक पक्ष कमजोर बन्न सक्छ । खर्चिलाे कामको बोझ उठाउनुपर्ला। समस्या सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ। आफन्त र साथीभाइ पनि टाढिने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
प्रतिष्ठित व्यक्तिहरूको साथ जुट्नाले यो साता दिगो काम प्रारम्भ हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। व्यापार बढ्नेछ र मनग्य आम्दानी हातलागी हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। राजनीति र नाेकरीतर्फ विशेष फाइदा हुने समय छ। प्रतीक्षित नतिजा र आकर्षक उपहारले उत्साहित भइनेछ। सहयाेगीहरूले साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। सप्ताहान्तमा परिस्थिति अलि प्रतिकूल रहनेछ। सप्ताहान्तमा भने खर्चिलाे काम थाल्नाले आर्थिक पक्ष कमजाेर बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
सुरुमा स्वास्थ्य कमजाेर हुनेछ र धन खर्चनुपर्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि तारिफयाेग्य कामले चर्चामा पनि ल्याउनेछ। खर्च लागे पनि नयाँ काम सुरु हुनेछ। आध्यात्मिक चिन्तनले सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। राजनीति वा नोकरीमा अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानी बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img