सुनसरी / मोरङ जिल्लामा १३ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । पछिल्लो २४ घण्टामा नेपाली काङ्ग्रेसबाट ७, एमालेबाट ५ र माओवादी केन्द्रबाट १ जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।
एमालेबाट वडाध्यक्षमा कानेपोखरी गाउँपालिका-७ मा मोहनप्रसाद अधिकारी, कटहरी गाउँपालिका-१ मा हरिनारायण राजवंशी, केराबारी गाउँपालिका-१ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका-७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका १ मा बिष्णु मगर निर्वाचित भएका हुन् ।
काङ्ग्रेसबाट कानेपोखरी गाउँपालिका-१ मा रत्नबहादुर कार्की, जहदा गाउँपालिका-७ मा भगवान मरण्डी, मिक्लाजुङ गाउँपालिका-१ मा पर्वत राई र मिक्लाजुङ गाउँपालिका-२ मा बलबहादुर श्रेष्ठ, लेटाङ नगरपालिका-९ मा नन्दप्रसाद खतिवडा, सुनबर्षी नगरपालिका-१ मा वीर बहादुर राई र २ मा विनोद कुमार राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
मोरङमा माओवादी केन्द्रले धनपालथान गाउँपालिका-१ मा खाजा हुसैन मियाँ निर्वाचित भएका छन् । मोरङका १७ वटा पालिकामा १५९ वटा वडा छन् । सदस्यहरूमा ४८ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।



