निर्वाचनभरतपुरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

spot_img

भरतपुर : भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्।

पछिल्लो मत परिणामअनुसार सुवेदीले २६९३ मत प्राप्त गरेका छन् भने दाहालले २६७९ मत पाएकी छन्। सुवेदी १४ मतले अग्रता लिएका छन्।त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन्।

त्यस्तै उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २९६५ मत पाएका छन् भने राप्रपाका हिमला गुरुङले २१४४ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img