सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा नेपाली काङ्ग्रेसका उम्मेदवारी उठेका प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी २० मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिराम श्रेष्ठले २,४०६ मत प्राप्त गर्दै विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरेका छन् ।
यता, महिला सदस्यमा धर्मा गिरीले २,१२६ मत प्राप्त गर्दै विजयी भएकी छन् । दलित महिला सदस्यमा कुमारी बि.कले २,२४१ मत प्राप्त गरेकी छन् । उता, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) ले १,९२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने खुल्ला सदस्यमा बहादुर तामाङले २,१६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।



