निर्वाचनविराटनगर महानगरमा नागेश कोइरालाको अग्रता कायमै, १७ सय बढीको मतान्तर

विराटनगर महानगरमा नागेश कोइरालाको अग्रता कायमै, १७ सय बढीको मतान्तर

सुनसरी / मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली काङ्ग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नागेश कोइरालाले ७,५९१ मत प्राप्त गर्दा यता, एमाले उम्मेदवार सागर थापाले ५,८२४ मत प्राप्त गरेका छन् । सागर भन्दा नागेश १,७६७ मतले अगाडि छन् । उनले एमालेका उम्मेदवार सागर थापासँग अग्रता बढाएका हुन् ।

यता, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले २,५४४ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रहलाद प्रसाद साहले १,४५० मत प्राप्त गरेका छन् । लोसपा उम्मेदवार मृत्युनजय कुमार मिश्रले १४७ मत पाएका छन् ।

त्यस्तै, विराटनगर महानगरपालिका उपप्रमुख उम्मेदवार शिल्पा कार्कीले ६,३३३ मत प्राप्त गरेकी छन् । उपमेयरमा जसपा उम्मेवार अमरेन्द्र यादवले ४२३७ मत प्राप्त गरेका छन् भने अमरेन्द्र भन्दा शिल्पा २ हजार ९६ मतले अगाडि छन् ।

त्यसैगरी, उपप्रमुखमा राप्रपाका उम्मेदवार विन्दाकुमारी लुइटेल आचार्यले १,८०७ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १,४८६ मत प्राप्त गरेकी छन् । लोसपा उम्मेदवार सहनाज खातुनले १९० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img