काठमाडौं: काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् भने उपमेयरमा नेकपा एमालेको उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतले अग्र स्थानमा छिन ।
काठमाडौंमा १० हजार ४७ मत गन्दा बालेनले ३९ सय १८ मत पाएका छन् । प्रतिस्पर्धीसँग नेपाली कांग्रेसकी सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाएको मतयोग भन्दा बढी मत बालेनले पाएका छन् ।
बालेन्द्र साह (बालेन)ले ८ः१५ बजेसम्मको मत गणनामा १००१० पाएका छन् । एमालेका स्थापितले ५३०४ मत पाएका छन् भने कांग्रेसकी सृजना सिंहले ४६०५ मत पाएकी छन् ।
यसैगरी, उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९४२१ मत प्राप्त गरेकी छिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २६६४ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले २४०० मत ल्याएकी छिन् ।



