सुनसरी | इटहरी उपमहानगरपालिका वडा नम्बर-१९ मा नेकपा एमालेको प्यानल सहित नेकपा एमालेका श्री नारायण चौधरीले १,८८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार उनका प्रतिद्वन्दी नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद पौडेलले १,७९२ मत पाएका थिय ।
गत ०७४ को निर्वाचनमा पनि चौधरी उनै पौडेललाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । यता, महिला सदस्यमा १,९०७ दलित महिला सदस्यमा १,८०६, खुल्ला सदस्यमा १,७६८ र खुल्ला सदस्यमा १,८६५ मत प्राप्त गर्दै विजयी भएका छन् ।



