काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ ।
काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ५ हजार ८९९ मतान्तर बनाएका छन् । भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुबेदी भन्दा ३ सय २३ मत ले अगी छिन ।
काठमाडौं महानगरपालिका
पछिल्लो मतपरिणामअनुसार शाहले १२ हजार ७७७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ८७८ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत पाएकी छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले १२ हजार १५७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाएका छन् ।
भरतपुरमा महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रात लिएकी छिन। पछिल्लो अपडेट अनिसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ७ हजार ३५१ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २८ मत ल्याएका हुन् । मंगलबार बेलुकी ९: ३० बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ३ हजार ६२ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । उनले ८ हजार ९०६ मत पाउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार हिमला गुरुङले ५ हजार ८०३ मत पाएका छन् ।



