सुनसरी / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामा उनकै पार्टीले हार ब्यहोरेको छ । नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका राईको वडामा नेपाली कांग्रेसले जितेको छ ।
भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्की ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा समाजवादीका मिलन विष्टले ३७७ मत ल्याएका छन्।
षडानन्द नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको भएपनि एमालेका उम्मेदवार सुरेन्द्र उदास प्रमुखमा निर्वाचित भएका छन्। उनले ६ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका वीरबल राईले ५ हजार ७ सय ५७ मत ल्याएका थिए ।
उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी प्रमिला राई ७ हजार २ सय ५७ मतसहित विजयी बनेकी छिन्। उनले एमालेकी उम्मेदवार मेरिकालाई पराजित गरेकी हुन्। मेरिका राईले ४ हजार ३ सय ५८ मत ल्याएकी हुन्।



