देशकोशी प्रदेशइटहरी २ मा माधव कोइराला सहित नेकपा एमालेको प्यानलै विजयी

इटहरी २ मा माधव कोइराला सहित नेकपा एमालेको प्यानलै विजयी

सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेबाट वडाअध्यक्ष उम्मेदवार माधव कोइराला सहित नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी २ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार माधव कोइरालाले ३,२२७ मत प्राप्त गर्दै विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका राजु बस्नेतले २,६८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, एमालेबाट निर्वाचित महिला वडा सदस्यमा भीमा कुमारी तुम्बाहाम्फेले ३,३३४, दलित महिला वडा सदस्यमा चम्मा विश्वकर्माले ३,२०५ र खुल्ला वडा सदस्यमा कृष्णकुमार राईले ३,०६२ र दुर्गा खत्री (धमला) ले २,९११ मत प्राप्त गरेका छन् । इटहरी २ मा नेपका एमालेका टिमनै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img