काठमाडौं: काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार ४९ हजार ९७५ मतगणना हुँदा साहले १९ हजार ५२३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १० हजार ३२ मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ९ हजार १३२ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले १८ हजार ४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार ८०० मत पाएका छन् । त्यस्तै राप्रपाको उम्मेदवार बिनिता मगैया ले ४ हजार १११ मत पाएकी छिन ।
भरतपुर महानगर
बिहान ७ बजे सम्म गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १२ हजार ७२९ मत ल्याउँदै अग्रता बढाएकी छिन ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १० हजार २०० मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ४८१ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले १४ हजार ९९० मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ८ हजार २७७ मत पाएकी छन् ।



