काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ ।
दिउसो १ बजे सम्मको मत परीणाम अनुसार भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१२८ मतको अग्रता कायम गरेकी छन् भने काठमाडौं महानगरमा मेयरको स्वातन्त्र उम्मेदवार बालेन्द्र शाहले स्थापित भन्दा ११ बढी मतले अग्रता कायमै राखेका छन् ।
भरतपुर महानगर
कुल ४१,४१४ मतगणना गर्दा दाहालले १५,७४७ मत पाएकी हुन् । यस्तै एमालेका विजय सुवेदीले १२,६१९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,५१३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।
काठमाडौं महानगर
कुल ५८ हजार ८५० मत गणना हुदा शाहाले २२ हजार ८४२ मत पाएका छन् उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशब स्थापितले ११ हजार ७६९ मत प्रप्ता गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसी उम्मेदवार सृजना सिहले १० हजार ९६८ मत पाएकी छिन ।
उपमेयरमा भने सुरु देखीनै सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले १९ हजार ९५६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।



