निर्वाचनसुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका मेयरमा आशनारायण चौधरी र उपमेयरमा अनिता शाहको...

सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका मेयरमा आशनारायण चौधरी र उपमेयरमा अनिता शाहको विजयी

सुनसरी / सुनसरी जिल्लाको गढी गाउँपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार आशनारायण चौधरी र उपमेयरमा अनिता शाह निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका महेश दत्तलाई हराउदैँ अाशनारायण चौधरीले ८,९०१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी दत्तले ५३५० मत ल्याएका थिए । एमालेकी उम्मेदवार अनिता साहले ७,८१५ मत प्राप्त गरि उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । नेपाली कांग्रेसकी राजकुमारी चौधरीले ५,८३८ मत प्राप्त गरेकी छन् ।

यता ,सुनसरीको गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जितेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img