निर्वाचनभरतपुर अपडेट : सुवेदीले १३ हजार ४१० मत पाए

भरतपुर अपडेट : सुवेदीले १३ हजार ४१० मत पाए

५ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १६ हजार ६८९ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४१० मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा ३ हजार २७९ ले बढी हो ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९१५ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९ हजार ३१२ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले १० हजार ७७९ मत पाएकी छन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवारलाई राप्रपाको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img