निर्वाचन७० हजार मत गन्दा यस्तो छ काठमाडौं महानगरको मत परीणाम

७० हजार मत गन्दा यस्तो छ काठमाडौं महानगरको मत परीणाम

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्।

झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत प्राप्त गरेका छन्। बिहान ६ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ। त्यसमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन्।

त्यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ६ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४२७ मत प्राप्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img