Tuesday, September 10, 2024
निर्वाचनपहिलेको तुलनामा यो स्थानीय निर्वाचनमा राप्रपाको सोचेभन्दा बढी सीट !
spot_img

पहिलेको तुलनामा यो स्थानीय निर्वाचनमा राप्रपाको सोचेभन्दा बढी सीट !

काठमाडौं :पहिलेको तुलनामा यो स्थानीय निर्वाचनमा राप्रपाले सोचेभन्दा बढी सीट ल्याइरहेको छ। पूर्व देखि पश्चिम सम्म नै राम्रो नतिजा ल्याइरहेको छ। राप्रपामा राजेन्द्र लिङदेनले नेतृत्व समालेको ३ महिना न बित्दै देशका विभिन्न ठाउँहरुमा बिजयी हासिल गरेको छ। भने अब आउने निर्वाचमा राप्रपा देशकै पहिलो पार्टी हुने राजनीतिक बिज्ञहरुको अनुमान रहेको छ। हाल सम्म राप्रपाले ३ प्रमुख र ४ उपप्रमुख पनि जिती सकेको छ । यस्तो छ राप्रपाको पछिल्लो अन्य अपडेट :

माधव नेपालको क्षेत्र काठमाडौंमै राप्रपाले गाड्यो विजयको झण्डा, गठबन्धनलाई हराउँदै रमेश विजयी
काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपा विजयी भएको छ । सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विजयी भएका हुन् । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो । राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । यो क्षेत्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको क्षेत्र हो ।

उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ । राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

यस्तै स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका ३२५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ। ३२५ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा एमालेले एकसय स्थानीय तहमा जित निकालेको छ। कांग्रेस एमालेको भन्दा ४० वटा बढी स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म एक सय ४० स्थानीय तह जितेको छ। अग्रता पनि कांग्रेसकै बढी छ। कांग्रेस मतगणना चलिरहेका १७० स्थानीय तहमा अगाडि छ भने एमाले १०१ स्थानीय तहमा अगाडि छ। अहिलेसम्म ७० स्थानीय तह जितेको माओवादी केन्द्र ४६ स्थानीय तहमा अगाडि छ। चार स्थानीय तहमा विजयी भएको नेकपा एकीकृत समाजवादी १७ पालिकामा अगाडि छ भने ३ स्थानीय तहमा विजयी भएको जसपा २९ स्थानीय तहमा अघि छ। त्यसैगरी स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्।

-Google Ads-

मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिकासहितका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार अघि छन्। अहिलेसम्म एउटा पनि स्थानीय तह जित्न नसकेको लोसपा मतगणना चलिरहेका तराई मधेशका १० स्थानीय तहमा अगाडि छ।

राप्रपाले हुम्लामा दुई वडा सदस्य जित्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हुम्लामा दुई वडा सदस्य निर्वाचित छन्। राप्रपाबाट हुम्लाको सर्केगाड गाउँपालिका–६ को वडा सदस्यमा बरुने बुढा र चंखेली गाउँपालिका–६ को वडा सदस्यमा नरेन्द्र शाही निर्वाचित भएको राप्रपा हुम्लाका अध्यक्ष विकास महतले जानकारी दिए। जिल्लामा ठूला दलको तुलनामा पार्टी कमजोर भए पनि अन्य दलले गठबन्धन गरेको अवस्थामा पनि दुई वडामा जित हात पार्नु उपलब्धिपूर्ण रहेको उनले बताए।

रामग्राम नगरपालिकाको उपमेयरमा राप्रपा बिजयी
नवलपरासी रामग्राम नगरपालिकाको उपमेयर पदमा राप्रपाकी सम्झना चौधरी निकटतम प्रतिद्वन्द्वी एमालेको उमेदवारलाई ५३ मतले पराजित गरि बिजय भएकी छिन ।

राजविराज नगरपालिकामा बहुदलीय व्यवस्था स्थापनापछि राप्रपाको ऐतिहासिक विजय
पहिलो पटक राजविराज नगरपालिकामा बहुदलीय व्यवस्था स्थापनापछि राप्रपाले ऐतिहासिक विजय गरेको छ । राजविराज नगरपालिकाको-१३ मा राप्रपाका त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा बिजय भएका छ ।

भद्रपुरमा राप्रपाले विजयी यात्रा सुरू
भद्रपुरमा राप्रपाले विजयी यात्रा सुरूगरेको छ । काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको हो । भद्रपुर ३ नम्वर वडामा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय युवा हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका ३८ वर्षीय युवा शमशेर तामाङ र एमालेकी निर्वतमान वडाध्यक्ष कमला थुलुङ राईलाई पराजित गरेका हुन् ।

तामाङ काँग्रेसका वडा सभापति हुन् भने थुलुङ निवर्तमान वडा अध्यक्ष रहेकी थिइन् । कार्की १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् । त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९८८ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा भुबामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याई राप्रपाबाटै निर्वाचित भएका छन् । यो संगै भद्रपुर नगरमा राप्रपाले पहिलो पटक जितको इतिहास बनाएको छ ।

सप्तरीमा लिङ्देनको पार्टी राप्रपाकाे पहिलो जित
जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्। यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो।

राप्रपाले सल्यानमा माओवादीको किल्ला तोड्यो
सल्यानको कपुरकोट गाउँपालिका वडा न:६मा नेकपा माओवादीको किल्ला तोड्दै राप्रपाबाट वडा अध्यक्षमा श्याम कृष्ण बोहरा सहित राप्रपाको सम्पूर्ण प्यानल निर्वाचीत भएको छ।नेकपा माओवादीको गडकारुपमा पहिचान बनाएको सल्यान जिल्लामा धेरै समय पछि राप्रपाले जित हासिल गरेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img