निर्वाचनकाठमाडौंमा ८ वटा वडाको गणना सकियो, यस्तो छ पछिल्लो मत परीणाम

काठमाडौंमा ८ वटा वडाको गणना सकियो, यस्तो छ पछिल्लो मत परीणाम

काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो पारेका छन्।

सुरूदेखिनै अग्रता लिएका शाहले मतगणनाको पछिल्लो विवरण अनुसार २८,८८२ मत पाएर अग्रता कायमै राखेका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले हालसम्म १५ हजार ३ सय १३ मत पाएका छन्। उनी शाहभन्दा १३ हजार ५७० मतले पछि छन्।

तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४७९८ मत पाएकी छन्। उनी दोस्रो स्थानका स्थापित भन्दा ५१४ मतले पछि हुँदा शीर्ष स्थानमा रहेका शाहभन्दा १४ हजार ८४ मतले पछि छन्।

काठमाडौं महानगरपालिकाको १,२, ३, ४, ५ वडामा नेकपा एमालेका वडाध्यक्षले जित हात पारेका छन्। यद्यपी यी वडामा मेयर पदमा एमालेका उम्मेदवार स्वतन्त्र उम्मेदवारभन्दा निकै छन्।

यस्तै २८ र ३० वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जित्दा पनि यी वडाबाट मेयरमा कांग्रेस उम्मेदवारले अन्य उम्मेदवारको तुलनामा थोरै मात्र मत पाए।

यस्तै वडानम्बर ३२ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित हुँदा मेयर पदमा एमालेका उम्मेदवारले दोस्रो बढी मत पाए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img