देशकोर एरियाका ३ वटा वडामा मतगणना जारी: स्थापित अगाडी, बालेन...

कोर एरियाका ३ वटा वडामा मतगणना जारी: स्थापित अगाडी, बालेन तेर्स्रो

वडा नम्बर ८ मा सिर्जनाको अग्रता कायम

काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

वडा नम्बर ८ मा सिर्जना अगाडि

यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img