निर्वाचनविराटनगर महानगरको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्कि विजयी

विराटनगर महानगरको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्कि विजयी

सुनसरी / मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय विराटनगरले शनिबार बिहान २ बजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाएका छन् ।

त्यसैगरी, उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले २५ हजार ६ सय ८० मत ल्याएर विजयी भएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव भने जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img