निर्वाचनयस्तो छ इटहरी उपमहानगरको बेलुकी ८:३० बजे सम्मको मत परिणाम, हेमकर्ण...

यस्तो छ इटहरी उपमहानगरको बेलुकी ८:३० बजे सम्मको मत परिणाम, हेमकर्ण पौडेलको अग्रता

सुनसरी / इटहरी उपमहानागरपालिकामा अहिले नेपाली कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले अग्रता बढाउदै लगेका छन् ।

जेठ ६ गते बेलुका ८:३० बजेको जानकारी अनुसार हेमकर्ण पौडेलले २५ हजार ८१६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा यामकुमार सुब्बाले २१ हजार ८१९ मत ल्याएका छन् । हेमकर्ण पौडेलले ३ हजार ९९७ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बा भन्दा अगी छन् । त्यस्तै, रास्ट्रीय प्राजातन्त्र पार्टीका उम्मेदवार आकाश हाङ्ग लिम्बुले २ हजार ४३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा भने नेकपा एमालेबाट उम्मदेवार संगीता कुमारी चौधरीले अग्रता लिएकी छिन । उनले २५ हजार ४३ मत प्राप्त गर्दा प्रतिस्पर्धा नेकपा एकीकृत समाजबादीका उम्मेदवार केशब कुमार बिष्टले १४ हजार ५०६ मत पाएका छन् भने राष्ट्रिय प्राजातन्त्र पार्टी कि उम्मेदवार बबिता कुमारी चौधरीले ३ हजार १६५ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img