निर्वाचनकोर सिटी'मा पछाडि परे बालेन, हेर्नुस कुन वाडमा कसले कति ल्याय

कोर सिटी’मा पछाडि परे बालेन, हेर्नुस कुन वाडमा कसले कति ल्याय

काठमाडौं : समग्रम हेर्दा काठमाडौं महानगरको मेयर उम्मेदवार बालेन साह हालसम्म अग्रस्थानमा छन् ।

यद्यपि कोर सिटीमा बालेन अन्य वडाको तुलनामा कमजोर देखिएका छन्। वडा नं २७ महाबौद्धमा दुई हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएका छन्। कांग्रेसकी सिंहले ६९५ मत पाएकी छिन् भने बालेनले ४३८ मत प्राप्त गरेका छन्। यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३१७ मत ल्याएका छन्।

अहिले सम्म काठमाडौं महानगरका ९ वटा वाडको मतगणना सकिएको छ, सकिनेमा वाड १, २, ३, ४, ५, २८, २९, ३०, ३२, पर्छन भने ६, ७, ८, ९, १०, २४,२ ५, २६ को मतगणना जारी छ । ११, १२, १३, १४, १५, १६, 17, १८, १९, २०, २१, २२, २३, नम्बर वाड को मतगनका सुरु समेत भएको छैन ।

कुन वाड(गणना सकिएको मात्र) मा कसलाई धेरै मत ?

वाड नम्बर १ मा (लौरो) बालेन साहले ७८३ ,(रुख ) सिर्जना सिंहले ४५२ र (सुर्य) केशव स्थापितले ३६५मत प्राप्त गरेका छन् ।
वाड नम्बर २ मा (लौरो) बालेन साहले १ हजार २१५ , (सुर्य) केशव स्थापितले ७२८ र (रुख ) सिर्जना सिंहले ४९६ मत प्राप्त गरेकी छिन ।
वाड नम्बर ३ मा (लौरो) बालेन साहले २ हजार ३२६ , (सुर्य) केशव स्थापितले १ हजार १८० र (रुख ) सिर्जना सिंहले १ हजार १५० मत प्राप्त गरेकी छिन ।
वाड नम्बर ४ मा (लौरो) बालेन साहले ३ हजार ९६६ , (सुर्य) केशव स्थापितले १ हजार ९३७ र (रुख ) सिर्जना सिंहले १ हजार ५१२ मत प्राप्त गरेकी छिन ।
वाड नम्बर ५ मा (लौरो) बालेन साहले १ हजार २११ , (सुर्य) केशव स्थापितले १ हजार ६६ र (रुख ) सिर्जना सिंहले ७४३ मत प्राप्त गरेकी छिन ।

वाड नम्बर ६ मा (लौरो) बालेन साहले ३ हजार ४७६ , (रुख ) सिर्जना सिंहले २ हजार २०९ र (सुर्य) केशव स्थापितले १ हजार ७५३ मत प्राप्त गरेका छन् ।
वाड नम्बर ८ मा (लौरो) बालेन साहले १ हजार ३६७ , (सुर्य) केशव स्थापितले ६४९ र (रुख ) सिर्जना सिंहले ८२४ मत प्राप्त गरेकी छिन ।
वाड नम्बर २८ मा (लौरो) बालेन साहले ७१७ , (सुर्य) केशव स्थापितले ७४१ र (रुख ) सिर्जना सिंहले १ हजार ७१० मत प्राप्त गरेकी छिन ।

वाड नम्बर २९ मा (लौरो) बालेन साहले १ हजार ६६८ , (सुर्य) केशव स्थापितले ९६६ र (रुख ) सिर्जना सिंहले १ हजार २३२ मत प्राप्त गरेकी छिन ।
वाड नम्बर ३० मा (लौरो) बालेन साहले १ हजार ७०१ , (सुर्य) केशव स्थापितले २ हजार ५६६ र (रुख ) सिर्जना सिंहले १ हजार ९७१ मत प्राप्त गरेकी छिन ।
वाड नम्बर ३२ मा (लौरो) बालेन साहले ५ हजार ५२३ , (सुर्य) केशव स्थापितले २ हजार ५६६ र (रुख ) सिर्जना सिंहले १ हजार ९७१मत प्राप्त गरेकी छिन ।

अन्य केही वाडमा मतगणना जारीनै छ भने कहे वाडाको मतगणना सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img