निर्वाचनकाठमाडौं र भरतपुर महानगरको यस्तो छ ३ बजे सम्मको मत परीणाम

काठमाडौं र भरतपुर महानगरको यस्तो छ ३ बजे सम्मको मत परीणाम

काठमाडौं: दिउसो ३ बजे सम्मको मत परीणाम अनुसार भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल र काठमाडौं महानगरमा मेयरको स्वातन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् ।

भरतपुर महानगर:
हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५७३३ मतले पछि पारेकी छन्। सुवेदीले २३७४५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०३३४ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३१८२४ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाकी हमिला गुरूङले १८४०१ मतसहित पछ्याइरहेकी छन्। अहिले महानगरको वडा नम्बर १५ र १६ नम्बरको मत गणना भइरहेको छ। दुवै वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

२९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।

काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्। शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन्। ९३ हजार ६४७ मत गन्दा शाहले सो मत पाए।

उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाए। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाइन्। शाह र स्थापितबीच मतान्तर १५ हजार ५८३ छ। यता शाह र सिंहबीच भने १५ हजार ७०१ मतान्तर छ।

राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ। वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिइसकेको छ।

उपमेयरमा भने सुरु देखीनै सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले ३१ हजार ८४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले १० हजार ९७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img