निर्वाचनकाठमाडौंमा ५१ प्रतिशत मतगणना सकियो: यस्तो छ मत परीणाम

काठमाडौंमा ५१ प्रतिशत मतगणना सकियो: यस्तो छ मत परीणाम

काठमाडौं। काठमाडौं महानगरपालिकाको ५१ प्रतिशत मतगणना सकिएको छ। हालसम्म काठमाडौं महानगरका ३२ ओटा वडामध्ये, १ देखि ६ सम्मका सबै वडासहित ८,२८,२९,३० र ३२ वडाको मतगणना सम्पन्न भइसकेको छ।

हालसम्मको मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले सुदूर मतान्तरले अग्रता कायम गरेका छन्। उनी नेकपा एमालेका केशव स्थापितलाई १६ हजार १२६ र गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १६ हजार २९१ मतले लिड गरिरहेका छन्।

शनिबार साँझ ५ बजे सार्वजनिक मतगणनाको परिणामअनुसार बालेनले ३५ हजार ३७४ मत पाएकोमा उनलाई धेरै पछाडिबाट पछ्याइरहेका स्थापितले १९ हजार २४८ मत पाएका छन्। यस्तै कांग्रेसकी सिंहले १९ हजार ८३ मत पाएकी छन्।

बालेन धेरै अगाडि पुगिसक्दा गठबन्धनकी सिंह र एमालेका स्थापितबीच दोस्रोमा कडा प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img