मकवानपुर ; मकवानपुरगढी गाँउपालिका वाड नम्बर ६ को वाड कार्यालय भवन अझै पुर्ण सम्पन्न हुन बाँकी नै छ । (यसै बिषयमा किन ढिलाई भयो भन्ने प्रश्न निबर्तमान वाड अध्यक्ष संग गर्दा आयको जवाफ ।)
मकवानपुरगढी ६ मा निर्मित भवन एउटै ठेकेदारको धेरै वटा ठेक्का, दुई पटक टेन्डर र कोरोना प्रकोपको कारण ढिलाइ भएको निर्वतमान वाड अध्यक्ष टिका प्रसाद दाहालको भनाई छ ।
पहिलो तल्ला २० लाख र दोस्रो तल्ला १६ लाखमा स्वास्थ्य इकाई भवन अन्तरगतको बजेटबाट निर्माण गरिएको बताए । उनले भने “मकवानपुरगढी ६ मा निर्मित भवन एउटै ठेकेदारको धेरै वटा ठेक्का र कोरोना प्रकोपको कारण ढिलाइ भएको हो ।पहिलो तल्ला २० लाख र दोस्रो तल्ला १६ लाखमा दुई पटक टेन्डर भएको कारण थप केही ढिला भएको हो ।”
तल्लो तल्लामा गर्भवती महिला, नवजात शिशु, अपांग, अशक्त जेष्ठ नागरिकहरु लाई उपचार सेवा प्रधान गरिने गरी माथिल्लो तल्लामा वाड कार्यालय संचालन गर्ने सहमति भएको बताएका छन ।
उनले भने “तल्लो तल्लामा गर्भवती / सुत्केरी महिला नवजात शिशु अपांग अशक्त जेष्ठनागरिकहरु लाई उपचार सेवा प्रदानगर्न सहज होस भनी स्वास्थ्य इकाई संचालनगर्ने सहमति भएको छ । माथिल्लो तल्लामा वडाकार्यलय संचालन गर्ने सहमति भएको छ ।”
उनले केही स्थानिय बासिन्दा बाट उठेको प्रश्न को जवाफ दिदै “भवन संचालनमा आएको छैन आएपछि सुचनापार्टी अनिवार्य राखिने छ” भने ।



