काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् ।
१ लाख ५४ हजार ८४६ मत गणना हुदा उनले ५१ हजार ३४० मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ५९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १९ हजार २८१ मतले पछाडि छिन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापित ३१ हजार १६६ मत पाएका छन् । उनी सिर्जनाभन्दा ८९३ मतले पछाडि छन् । अब ३६ हजार ३४० मत गणना गर्न बाँकी छ ।
स्तै उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् ।
उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।



