निर्वाचनआठ वटा वडाको मतगणना जारी हुँदा ४ मा बालेन, ३ वडामा स्थापितको...

आठ वटा वडाको मतगणना जारी हुँदा ४ मा बालेन, ३ वडामा स्थापितको अग्रता

काठमाडौं महानगरपालिकामा ८ वटा वडाको मत गणना जारी छ भने २३ वटा वडाको मत गणना भइसकेको छ। वडा नम्बर १७ को मत गणना भने सुरू भएको छैन।

वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना जारी हुँदा चार वटा वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। उनले वडा नम्बर १३, १४, १५ र १६ नम्बर वडामा अग्रता कायम गरेका छन्।

यस्तै, तीन वटा वडामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अग्रता कायम गरेका छन्। उनले वडा नम्बर १८, २० र २१ मा अग्रता कायम गरेका हुन्। अहिले जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले एउटा वडामा मात्र अग्रता कायम गरेकी छन्। उनले वडा नम्बर १९ मा अग्रता कायम गरेकी हुन्।

एक लाख ५७ हजार ३१० मत गणना हुँदा बालेनले अहिलेसम्म ५१ हजार ५९६ मत ल्याएका छन्। यस्तै सिर्जनाले ३२ हजार ४३० मत ल्याएकी छन् भने स्थापितले ३१ हजार ८५६ मत ल्याएका छन्।

अहिलेसम्म बालेन सिर्जनासँग १९ हजार १६६ मतले अगाडि छन्। उनी दोस्रो स्थानमा छिन्। यस्तै बालेन स्थापितसँग १९ हजार ७४० मतले अगाडि छन्। स्थापित तेस्रो स्थानमा छन्।

काठमाडौं महानगरमा १ लाख ९१ हजार मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img