काठमाडौं, जेठ ११ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मतले अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म एक लाख ६८ हजार ४८७ मतगणना भएको छ। अब २२ हजार ५६४ मत गणना गर्न बाँकी छ।
अहिलेसम्म स्वतन्त्र उम्मेदवार साहले ५४ हजार ७१८ मत पाएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६०८ मत पाएकी छन्।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। उनले ३३ हजार ९७५ मत पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले नौ हजार ९६३ मत पाएका छन्।
अहिले काठमाडौं वडा नंं १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ।



