देशकोशी प्रदेशइटहरीमा कुटपिट गरी २० वर्षीय तामाङको ह´त्या, घटनामा संलग्न तीनजनालाई पक्राउ

इटहरीमा कुटपिट गरी २० वर्षीय तामाङको ह´त्या, घटनामा संलग्न तीनजनालाई पक्राउ

सुनसरी / इटहरीमा ४ कुटपिट गरी २० वर्षीय युवकको ह´त्या भएको छ । गत जेठ ५ गते राति इटहरी-४ स्थित सडक मानवका २० वर्षीय सुमन तामाङलाई कुटपिट गरी ह´त्या गरेको भएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी-४ बस्ने १९ वर्षीय अनिष मगर, सोही ठाउँ बस्ने २० वर्षीय सुशील राई र मोरङको सुन्दरहरैँचा-४ वस्ने २५ वर्षीय बबी चौधरीहरूलाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।

इटहरीको बूढीगंगा जमुना मुक्तिघाटमा तामाङलाई कुटपिट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृ´त्यु भएको हो ।

पक्राउ परेकाहरूमाथि हिजो मंगलबार सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत कर्तव्य ज्यान मुद्दामा पाँचदिनको म्याद थप गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।-साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img